११ साउन २०८३, सोमबार

न्युजील्यान्डमा घर नपाएपछि मानिसहरू रुखमा बस्न थाले

मंसिर १३, २०७६
न्युजील्यान्डमा घर नपाएपछि मानिसहरू रुखमा बस्न थाले

न्युजील्यान्डको नर्थल्यान्डमा मानिसलाई बस्नका लागि घर नभएपछि केही परिवारहरू जंगलमा, छाप्रोमा अनि रुखको हाँगोमा बस्न थालेका छन् । 

नर्थल्यान्ड देशको सबभन्दा गरीब क्षेत्र हो र त्यहाँको औसत आय २३ हजार ४०० न्युजील्यान्ड डलर छ । त्यहाँ ३२ प्रतिशत माओरी जनसंख्या छ जुन देशको अन्य भागको भन्दा दोब्बर हो । 

बिहीवार ह्वांगारेईमा राखिएको एक घरआवास बैठकमा माओरी मामिला मन्त्री नानाइया माहुताले उत्तरी टापु क्षेत्रमा सस्तो घर पाउन अत्यन्तै मुश्किल परेको कुरा सुने । त्यसले गर्दा मानिसहरू रुख, आफैंले बनाएका छाप्रा, पुराना गाडी, थोत्रा भत्केका घर लगायतमा बस्न बाध्य भएका छन् । 

विशेषगरी माओरीका लागि घर पाउन समस्या रहेको माहुताले स्वीकार गरे । सरकारले उपलब्ध गराउने घरको प्रतीक्षासूचीमा ३० प्रतिशतले वृद्धि भएको उनले बताए । 

सरकारले नर्थल्यान्डमा घर बनाउनुलाई प्राथमिकतामा राखेको बताएपनि स्थानीयहरू आफूलाई बेवास्ता गरिएको ठान्छन् । 

नर्थल्यान्ड अहिले न्युजील्यान्डको सबभन्दा बढी वृद्धि भइरहेको प्रान्त हो । अकल्यान्डका मानिसहरूले सस्तो घर पाउन छोडेपछि नर्थल्यान्डमा जमीन किन्ने अनि अकल्यान्ड शहरसम्म गाडीमा ओहोरदोहोर गर्ने विकल्प छान्न थालेका छन् । यसले गर्दा नर्थल्यान्डको जनसंख्यामा २.३ प्रतिशतको वृद्धि भएको छ ।

यसले गर्दा नर्थल्यान्डका स्थानीयहरूका लागि घर किन्न वा भाडामा लिन झन् झन् गाह्रो भएको छ ।

कावाकावा र काइकोहे शहरमा कुनै समयमा गरीबी र आपराधिक समूहका कारण कोही जाँदैनथिए तर अहिले त्यहाँ घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ । त्यसले गर्दा त्यहाँ शताब्दियौंदेखि रहेका माओरीहरूले घरै किन्न नसक्ने स्थिति आएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्