२३ असार २०८३, मंगलबार

अपराध अपडेटः शनिबार के–के घटना घटे ? (देशभरको विवरण)

कात्तिक २०, २०७४
अपराध अपडेटः शनिबार के–के घटना घटे ? (देशभरको विवरण)
काठमाडौं, २६ चैत– शनिबार नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशभर घटेका घटनाको विवरण यस्तो छः

(१) लागू औषध सहित पक्राउ ःcrime
काठमाडौं– सप्तरी ईटहरी विष्णु पुल–८ घर भई हाल काठमाडौं बालाजु बस्ने २३ बर्षीय रुपेश यादवलाई लागू औषध नाईट्रोभेट ५० पत्ता (१५०० ट्याब्लेट) सहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१ भृकुटी मण्डप भित्र महानगरीय प्रहरी बृत सिंहदरवारबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त लागू औषध फेला पारी नियन्त्रणमा लिएको हो ।

(२) कुटपिटबाट मृत्यु, घटनामा संलग्न ६ जना नियन्त्रणमा ः
काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी स्थित बस्ने ३५ बर्षीय तेन्जिङ ग्याल्छो लामाले संचालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट हुंदा सोही स्थान बस्ने ४६ बर्षीय पेम्वा शेर्पा घाईते भई उपचारको लागी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
घटनामा संलग्न बा ३७ प ७९२६ नंबरको मोटरसाइकल सहित क्याफे संचालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्ती बस्ने २१ बर्षीय नुर्बु शेर्पा लगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

(३) बिभिन्न धनमाल चोरी ः
काठमाडौं ः काठमाडौं महानगरपालिका–१६ नयाँबजार स्थित जिरमे गुरुङ्गको घरको दोश्रो तलामा डेरा गरी बस्ने नुवाकोट कुमरी–८ घर हुने ३३ बर्षीय कुमार श्रेष्ठको कोठाबाट सुनका बिभिन्न गरगहना गरी करीब २ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
ललितपुर ः महालक्ष्मी नगरपालिका–१० टिकाथली खरिबोट बस्ने रमेश भण्डारीको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना गरी करीब ४ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

(४) आगलागीबाट धनमाल क्षती ः
काठमाडौं ः काठमाडौं महानगरपालिका–१६ बि.आई.डि. गेट अगाडी धादिङ्ग वेनिघाट–६ घर भएका ४८ बर्षीय उमाकान्त पौडेलले संञ्चालन गरेको हिमाली ट्रेनिङ्ग कवाडी पसलमा शनिबार विजुली सर्ट भई आगलागी हुँदा करीब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
दाङ्ग ः राप्ती गाँउपालिका–१ भालुवङ स्थित लोक बहादुर खत्रीको एकतले तिनकोठे फुसको छानो भएको घरमा शनिबार आगलागी हुँदा घर भित्रको अन्नपात लत्ताकपडा र नगद जली नष्ट भई करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
धनुषा ः जनकपुर उपमहानगरपालिका–८ बालुवा टोल बस्ने मुकेश ठाकुरको गोठमा शनिबार हावाहुरी लागेको बेलामा अचानक आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
सर्लाही ः रामनगर गाँउपालिका–१० बस्ने राम लाल हजारीको फुसको घरमा बालेको आगो सल्कन गई आगलागी हुँदा आगलागीबाट सोही स्थान बस्ने गणेश पासवान र भिखारी पासवानको फुसको घर जली पुर्ण रुपमा नष्ट भई करीब १ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल जली क्षती भएको छ ।
सिराहा ः मिर्चैया नगरपालिका–५ स्थित जिवन श्रेष्ठको ३ तले पक्की घरमा रहेको इलेक्ट्रोनिक गोदाममा शनिबार चट्याङपरी आगलागी हुँदा बिभिन्न इलेक्ट्रोनिक सामानहरु र घर पूर्ण रुपमा जली करीब १ करोड १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
पर्वत ः बिहादी गाँउपालिका–६ बस्ने ढाल प्रसाद भट्टराईको घरमा शुक्रबार अचानक भएको आगलागीबाट नजिकै रहेको ईन्द्र प्रसाद भट्टराई र चिन्तामणी भट्टराई समेतको खरले छाएको घर जली तिनै जनाको गरी करीब १० लाख रुपैया बराबरको धनमाल क्षती भएको छ ।
रामेछाप ः सुनापती गाँउपालिका–१ बस्ने जमान सिंह माझीको कटेजमा खाना बनाउने क्रममा शुक्रबार चुलोबाट अचानक आगलागी हुँदा करीब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
सर्लाही ः हरिवन नगरपालिका–११ स्थितमा रहेको बिक्रम साहको घुम्ति पसलमा शुक्रबार बिजुली सर्ट भई आगलागी हुँदा करीब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

(५) सवारी दुर्घटनामा मृत्यु ः

बाँके ः बैजनाथ गाँउपालिका–१ हातिसार आर्मी क्याम्प नजिकै शुक्रबार नेपालगंजबाट बबईतर्फ सिमेन्ट लिई गईराखेको ना ३ ख ६०१३ नंबरको ट्रकको सहचालक डोल्पा दुनै–८ बस्ने २० बर्षीय बिबस रोकाय ईन्ट्री गर्नको लागि झर्ने क्रममा ढोकाबाट एक्कासि खस्न गई टाउको र कम्मरमा चोट लागि घाईते भई उपचारको लागि मेडिकल कलेज कोहलपुर तर्फ पठाएकोमा थप उपचारको लागि लखनउ रिफर गरेकोमा लैजाने क्रममा बाटोमा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके ः कम्दि–१ राप्तीपुल स्थित राप्तीपारीबाट कम्दितर्फ आउदै गरेको भे १ त ७७७७ नंबरको ट्याक्टरले सोही दिशाबाट आउदै गरेको भे २ प ६३२० नंबरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार कम्दि–६ अमरहवा बस्ने ४२ बर्षीय काली बहादुर थापामगर घाईते भई उपचारको लागी नरसिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन तथा ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा ः कन्काई नगरपालिका–१ जुके कल्भर्ट स्थित पूर्व पश्चिम राजमार्गमा को १ ख ४१४५ नंबरको यात्रुबाहक बसले शुक्रबार को २८ प ६६१७ नंबरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका–९ बस्ने ३२ बर्षीय बिनोद प्रसाई गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही ः तिलोतमा नगरपालिका–१५ सखुवानी स्थित भैरहवा बुटवल सडक खण्डमा सडक निर्माणको काम गर्ने क्रममा शनिबार लु १ क ९०१ नंबरको ग्रेडरले दाङ गोवडीया–८ घर भई हाल सडक निर्माणको काम गर्ने ६९ बर्षीय लक्ष्मण चौधरीलाई ठक्कर दिंदा गम्भिर घाईते भएकोमा उपचारको लागी क्रिमसन अस्पताल मणिग्राम पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ । चालक फरार भएकोमा प्रहरीले खोजी गरिरहेको छ ।
सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्