१० असार २०८३, बुधबार

सीमा विवाद मिलाउन मुख्यमन्त्री पोखरेललाई अनेरास्ववियूको ज्ञापन

मंसिर १३, २०७६
सीमा विवाद मिलाउन मुख्यमन्त्री पोखरेललाई अनेरास्ववियूको ज्ञापन

नेपाल–भारतको सीमा विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले शुक्रवार प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित प्रदेशअन्तर्गत पर्ने विभिन्न क्षेत्रको सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

अनेरास्ववियू रुपन्देहीका नेता लेखनाथ खनाल र रुपेश पौडेलद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा प्रदेशअन्तर्गत पर्ने बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र, बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध, दाङको कोइलाबास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी, रुपन्देहीको दानव नदी (रसियावाल खुर्दलोटन बाँध), सुनौली नाका, नवलपरासीको सुस्ता नर्साही, वाल्मीकि आश्रम, दारानाला–दारीचुरे सीमा क्षेत्रमा  विवाद रहेकाले अविलम्ब समाधान गर्न माग गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ भित्रका जिल्लामा रहेको सीमा विवादका बारेमा अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाएकाले छिट्टै समाधानका लागि पहल हुने विश्वास व्यक्त गरे । उनले प्रमाणका आधारमा सरकारले कूटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्