१३ असार २०८३, शनिबार

१३ लाख रुपैयाँसहित हुन्डी कारोवारी पक्राउ

मंसिर १३, २०७६
१३ लाख रुपैयाँसहित हुन्डी कारोवारी पक्राउ

भारतबाट अवैध रूपमा नेपाली रूपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ ।

भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशङ्कर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा निवासी २८ वर्षीय अशोककुमार झालाई पक्राउ गरेको हो ।

भारतको लौकाहाबाट बिआर३२एच ०३३५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध रकमसहित उहाँहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी करावारी रहेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्