
कपिलवस्तु जिल्लाको जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० का दुईवटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
कपिलवस्तुुको प्रमुख जिल्ला गजेन्द्र बहादुुर चार सय भन्दा बढी मत खसिसकको लोकान्तरलाई जानकारी दिए । वडामा २ हजार ७२ जना मतदाता रहेका छन् । शितलापुर मतदान केन्द्रमा ९ सय ४ र लालपुरमा १ हजार १ सय ६८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
स्वतन्त्रबाट वडाअध्यक्ष जितेको शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा सिकेराउत समुहको जनमत पार्टी सहित १२ जनाले उम्मेदवारी दिएका छन् । सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए ।