२८ असार २०८३, आइतबार

लालपुरमा अपराह्नसम्म ६० प्रतिशत मतदान

मंसिर १४, २०७६
लालपुरमा अपराह्नसम्म ६० प्रतिशत मतदान

कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा अपराह्नसम्म ६० प्रतिशत मत खसेको छ ।

वडाका २ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । 

वडाका लालपुर र शितलापुर आधारभूत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने ३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्यप्रसाद भण्डारीले जानकारी दिए ।

वडामा २ हजार ७२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ र लालपुरमा ११६८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुनेछ । 

मतदानपश्चात् दलहरूबीच दलीय सहमति भए शनिवार बेलुकाबाटै मतगणना शुरू हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्