१३ असार २०८३, शनिबार

बस र ट्रक ठोक्किँदा १३ यात्रु घाइते

मंसिर १४, २०७६
बस र ट्रक ठोक्किँदा १३ यात्रु घाइते
फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटस्थित काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना४ख ९८१९ नम्बरको बस र ना५ख ९१९७ नम्बरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरूको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्