१४ असार २०८३, आइतबार

सुर्खेत प्रहरीले शंकास्पद व्यक्तिको कट्टु फुकालेपछि ...

मंसिर १४, २०७६
सुर्खेत प्रहरीले शंकास्पद व्यक्तिको कट्टु फुकालेपछि ...

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भित्रिवस्त्र कट्टुमा लुकाएर लागूऔषध ‘ब्राउनसुगर’ ओसारपसार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका–५ शान्तिपुरका दिनेश थापा लागूऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रवि रावलले बताए । उनका अनुसार थापाले ३० ग्राम १३० मिलिग्राम ब्राउनसुगर कट्टुभित्र गोजी बनाएर अड्याएका थिए ।

‘चेकजाँच गर्दा पनि पत्ता नलागोस् भनेर कट्टुभित्र लिङ्गमा अड्याएर ल्याएको रहेछ,’ चेकजाँचमा खटिएका प्रहरी हवल्दार लालबहादुर परियारले भने, ‘छामछुम गर्दा लिंग र ब्राउनसुगर छुट्याउन मुस्किल थियो, कट्टु फुकालेपछि वास्तविकता पत्ता लाग्यो ।’

ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनी नेपालगञ्जबाट भे५प ४७७१ नम्बरको स्कुटरमा सुर्खेत आउँदै थिए ।

सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना चेकपोस्टमा खटिएको प्रहरी टोलीले उनलाई शुक्रवार राति पक्राउ गरेको हो । थापाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्