३१ असार २०८३, बुधबार

कपिलकी पूर्व प्रेमिकको साथ सुनील ग्रोवरलाई, नयाँ शो चाँडै आउने

कात्तिक २०, २०७४
कपिलकी पूर्व प्रेमिकको साथ सुनील ग्रोवरलाई, नयाँ शो चाँडै आउने
कपिल शर्मा तथा सुनील ग्रोवरको लडाईपछि दैनिक जसो नयाँ समाचारहरु आइरहेका छन् । रिपोर्टसहरुका अनुसार सोनी च्यानल ‘द कपिल शर्मा शो’ बन्द गरेर सुनीलसँग नयाँ शो शुरु गर्ने तयारीमा रहोको जनाइएको छ ।
सुनीलसँग कपिलको एक्स गर्लफ्रेण्ड प्रीति सिमोस पनि देखिने भएका छन् ।
कपिल सुनीलबीच भएको मनमुटवपछि प्रीतिले पनि कपिलको शो बीचमा छाड्दिएकी थिइन् । प्रीति द कपिल शर्मा शोकी क्रिएटिभ डाइरेक्टर थिइन् ।

बलिउड समाचारहरुका अनुसार सुनीलका लागि नयाँ शोमा अली असगर, चन्दन प्रभाकर तथा सुगन्धा मिश्र हुनेछन् । च्यान सुनीलले च्यानल नछोडुन् भन्ने चाहन्छ । यसका कारण सुनीलका लागि नयाँ शो शुरु गर्ने तयारी गरिएको छ, उक्त शो अर्को महिनादेखि शुरु गर्ने तयारी गरिएको समाचारहरुमा उल्लेख गरिएको छ ।

पछिल्ला दिनहरुमा कपिलको शोको टीआरपी लगातार घटीरहेको छ । यहाँसम्मकी अरमान तथा अमान मालि शोको बीचमै छाडेर गएका थिए । च्यानलवाला भने सुनील ग्रोबरसँव कपिलको विवाद पछि निराश भएका छन् ।

जसका कारण अपेक्षा गरिएको भन्दा धेरै कम शो को पपुलारिटि घटेको बताइएको छ । यससँगै कपिलसँग थप सम्झौतामा समेत समस्या आउने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्