०७ असार २०८३, आइतबार

‘गो ब्याक इन्डिया'को नारा लगाउँदै अनेरास्ववियू सडकमा

मंसिर १८, २०७६
‘गो ब्याक इन्डिया'को नारा लगाउँदै अनेरास्ववियू सडकमा

सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय विस्तारवादका विरुद्ध बुटवलमा निरन्तर रुपमा विभिन्न रचनात्मक प्रदर्शनहरु गर्दै आइरहेका छन् ।

नेपालको भू–भागलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेपछि त्यसको विरोधमा अनेरास्ववियूले देशब्यापी रुपमा प्रदर्शन गर्दै आएको छ। 

अनेरास्ववियू रुपन्देहीले यहि मंसिर १३ गते मुख्यमन्त्री शंकर पोखरेललाई सिमा सुरक्षाका लागि ज्ञापनपत्र बुझाएको नेता भरत अर्यालले बताए । त्यस यता रुपन्देहीका विभिन्न कलेजहरुमा हस्ताक्षर अभियान सञ्चालन सँगसँगै विरोध जुलुश र प्रर्दशन समेत गरेको अनेरास्ववियू रुपन्देहीका नेता लेखनाथ खनालले बताएका छन् । 

अनेरास्ववियूले सोमबार लुम्बिनी वाणिज्य क्याम्पस, नविन औद्योगिक कदरबहादुर रिता उच्च मावि र कालिका उच्च माविबाट विरोध प्रदर्शन गरेको थियो भने मंगलबार बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको जुलुसमा अनेरास्ववियूका विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो नेपाली भूमि फिर्ता गर, लिपुलेक कालापनी, लिम्पियाधुरा र सुस्ता हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेट सहित नाराबाजी गरी प्रदर्शन गरेका थिए ।

विरोध सभामा अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज पोखरेल, अनेरास्ववियू रुपन्देहीका नेता लेखनाथ खनाल, साजन भण्डारी, शेषकान्त पोखरेल, नविन थापा सारु, दिपक चापागाई, भरत अर्याल, प्रकाश पराजुली, निरज आचार्य लगायतका विद्यार्थीहरुले छिमेकी देश भारतलाई छिमेकीको रुपमा रहेर आफुले गरेको गल्ति सच्याउन माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्