२८ जेठ २०८३, बिहीबार

व्यस्त सारा, हातमा फिल्म नै फिल्म

मंसिर १८, २०७६
व्यस्त सारा, हातमा फिल्म नै फिल्म

एजेन्सी- अभिनेत्री सारा अली खान बिस्तारै बलिउडमा जमिरहेकी छन् । फिल्म 'केदारनाथ'बाट बलिउडमा डेब्यू गरेकी साराको दोस्रो फिल्म 'सिम्बा' पनि सुपरहिट भयो । 

उनले आफ्नो आगामी फिल्म 'आज कल'को शूटिङ पूरा गरेकी छन् । इम्तियाज अलीको निर्देशनमा बनिरहेको फिलम्मा सारा कार्तिक आर्यनसँग देखिँदैछिन् । सारा अहिले अर्को फिल्म 'कुली नम्बर एक'को शूटिङ गरिरहेकी छन् । जसमा उनले बरुण धवनसँग स्क्रीन सेयर गर्नेछिन् । 

भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फोका अनुसार साराले अर्को फिल्म अजय देवगनसँग खेल्नेछिन्, जसका लागि अजय पनि तयार भइसकेका छन् । 

खबरका अनुसार धनुष पनि यस फिल्ममा अनुबन्ध हुन सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्