११ साउन २०८३, सोमबार

राजनीतिक आन्दोलन पूरा भइसक्यो, अब समृद्ध मुलुक बनाऔँ :  पूर्वप्रम भट्टराई

मंसिर १८, २०७६
राजनीतिक आन्दोलन पूरा भइसक्यो, अब समृद्ध मुलुक बनाऔँ :  पूर्वप्रम भट्टराई

पूर्वप्रधानमन्त्री एवं संघीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताएका छन्।

तनहुँको बन्दीपुरमा बुधबार पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा उनले परम्परागत कृषिले मात्रै समृद्धि सम्भव नरहेकाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए। विश्वमा विकास भएका नयाँ ज्ञान विज्ञानलाई प्रयोग गरेर कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण आवश्यक रहेकामा भट्टराईको जोड थियो । 

नेपालमा राजनीतिक आन्दोलन पूरा भइसकेकाले जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा भट्टराईले बताए। उनले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताए।
 

salt training

कमेन्ट गर्नुहोस्