१९ असार २०८३, शुक्रबार

हेटौँडा–इनरुवा २८८ किलोमिटर विद्युत् राजमार्ग निर्माण एक वर्षभित्रै

मंसिर १९, २०७६
हेटौँडा–इनरुवा २८८ किलोमिटर  विद्युत् राजमार्ग निर्माण एक वर्षभित्रै

विद्युत् प्रसारणको मुख्य राजमार्ग मानिएको पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–इनरुवा २ सय ८८ किलोमिटर डबल सर्किट लाइन निर्माण एक वर्षभित्रै सकिने भएको छ । तीन खण्डमा निर्माण भइरहेको आयोजनाको उक्त खण्ड निर्माण एक वर्षभित्रै सकिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । 

‘सन् २०१२÷१३ बाट अध्ययन अघि बढाइएको आयोजना एक वर्षभित्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने । आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने कुल ७ सय ९२ टावरमध्ये ५ सय ८७ वटाको फाउन्डेसन निर्माण कार्य सकिएको छ । फाउन्डेसन सकिएकामध्ये ५ सय ४७ वटा टावर उठाइसकिएको छ । विश्व बैंकको करिब १६ अर्ब ऋणमा उक्त खण्ड इन्जेलिक इन्टरनेसनल लिमिटेड इन्डिया र जर्मन कम्पनी जेभीले निर्माण गरिरहेको छ । तर, मकवानपुरको थानाभर्‍याङ र हटिया, सर्लाहीको जियाजोर, सिरहाको लाहान र पडरियामा स्थानीयको अवरोधका कारण फाउन्डेसन निर्माण सुरु हुन सकेको छैन । सो स्थानहरूमा रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरिरहेका हुन् ।

हेटौँडा–बुटवल खण्ड निर्माण तयारीमा एमसिए नेपाल 
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सहयोगमा स्थापना भएको एमसिए नेपालले हेटौँडा–बुटवल खण्ड ४०० केभी प्रसारण राजमार्ग निर्माणको तयारी गरिरहेको छ । लप्सीफेदी (काठमाडौं)–रातमाटे (नुवाकोट), रातमाटे–हेटौँडा, रातमाटे–दमौली र दमौली–न्यु बुटवल गरी ४ खण्डमा करिब ३ सय १३ किलोमिटर प्रसारण लाइन एमसिएले निर्माण गर्न लागेको हो । यसमध्ये हेटौँडा–रातमाटे–दमौली–न्यु बुटवल खण्ड पूर्व–पश्चिम प्रसारण राजमार्गमा पर्छ । 

निर्माणअघिका कार्य (अध्ययन तथा डिजाइन) अघि बढिरहेको र आगामी असारदेखि निर्माण अघि बढाइने एमसिएका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । एमसिएले नुवाकोटको रातमाटेमा सोही भोल्टेजस्तरको सबस्टेसनसमेत निर्माण गर्नेछ । अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर गरी कुल ६३ करोड (६९ अर्ब रुपैयाँ)को कोषमध्येबाटै उक्त खण्डको प्रसारण लाइनसमेत निर्माण हुने भएको हो । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्