नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरूलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै ‘यामाहा महा एक्सचेन्ज मेला’ शुरू गरेको छ ।
मेला काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर १८ गतेदेखि २२ गतेसम्म ५ दिनका लागि सञ्चालन हुनेछ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कूटरको प्रचलित बजार मूल्यांकनभन्दा १५ हजार रुपैयाँ बढी मूल्यांकन पाउनेछन् । साथै ग्राहकले ३० भन्दा बढी रिकन्डिसन हाउसबाट आफ्नो साधनको सही मूल्यांकन पाउनेछन् ।
ग्राहकले ७ हजार रुपैयाँ नगद छूट, फ्री एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनेछन् ।
महाएक्सचेञ्ज मेलामा ख्यातिप्राप्त कलाकारहरूको आगमनले मेला अझै भव्य हुने एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ ।
मेलामा प्रियंका कार्की १८ मंसिर बुधवार दिनको ३ बजेदेखि साँझ ५ बजेसम्म सहभागी भइन् भने अनुपविक्रम शाही २१ मंसिर शनिवार दिनको ३ बजेदेखि साँझ ५ बजेसम्म सहभागी हुनेछन् ।
‘यस महाएक्सचेञ्ज मेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भव्य हुने कुरामा हामी विश्वस्त छौं । यामाहा बाइकहरू हाम्रा उपभोक्ता माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा दुई मत छैन । यस यामाहा महाएक्सचेञ्ज मेला योजनामार्फत देशकै सर्वोकृष्ट बाइकहरू हाम्रा उपभोक्तामाझ पुर्याउन हामी प्रतिबद्ध छौं,’ यामाहा मार्केटिङ हेड विक्रम पौडेलले भने ।