२१ जेठ २०८३, बिहीबार

गृहजिल्ला पुगेर उद्योगमन्त्री भट्टको घोषणा : ‘हरेक स्थानीय तहमा ग्रामीण उद्योग खुल्छ’

मंसिर १९, २०७६
गृहजिल्ला पुगेर उद्योगमन्त्री भट्टको घोषणा : ‘हरेक स्थानीय तहमा ग्रामीण उद्योग खुल्छ’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले हरेक स्थानीय तहमा ग्रामीण उद्योग स्थापना गर्नेतर्फ सरकार उन्मुख भएको बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुगेका मन्त्री भट्टले बिहीवार गेटा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहले ग्रामीण उद्योगको लागि जति छिटो डीपीआर तयार पारेर केन्द्रीय सरकारलाई पठाए त्यति नै छिटो कार्यान्वयनमा अगाडि बढ्ने बताए ।

सरकारको नीति तथा कार्यक्रम अनुसार अत्तरिया धनगढीलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्न सरकार अगाडि बढिसकेको पनि मन्त्री भट्टले जानकारी गराए ।

आर्थिक विकास विना मुलुकको समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्री भट्टले बन्द भएका तथा रुग्ण उद्योग पुनः सञ्चालनमा सरकार लागिपरेको बताए ।

उनले कैलालीको डुँुडेझारी र कञ्चनपुरको दैजी छेलामा विशेष आर्थिक क्षेत्र निर्माणको प्रक्रिया अगाडि बढेको बताउँदै चाँडै नै पूर्णता पाउनेमा विश्वास व्यक्त गरे । गौरीफन्टा नाका स्तरोन्नति र सुुख्खा बदरगाहको निर्माण प्रक्रिया समेत अगाडि बढेको बताउँदै उनले जसको लागि भारत र नेपालका ‘जोइन्ट सेक्रेटेरियल’ बैठक समेत सम्पन्न भइसकेको बताए ।

मन्त्री भट्टले कालापानी, लिम्पियाधुरा र लिपेलेक क्षेत्रमा देखिएको नेपाल–भारत सीमा विवादको निकासबारे भारतसँग कूटनीतिक पहल जारी रहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्