
काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ औं स्वर्ण पदक जितेको छ ।
नेपालका लागि ३२ औं स्वर्ण साइक्लिङको क्रस कन्ट्री पुरुषमा बुद्धिबहादुर तामाङले दिलाएका हुन् ।
बिहीवार तामाङले क्रस कन्ट्रीको ४ किलोमिटरको ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेन्ड लगाए ।
यस स्वर्णसँगै नेपालले साग खेलकुदमा अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक जित्न सफल भएको छ ।
नेपालले यसअघि ८ औं सागमा ३१ स्वर्ण जितेको थियो ।