
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।
नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
वैदिक सर्वोच्च अदालतको न्यायाधीश बन्ने तयारीमा छन् ।