२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओली निवास फर्किंदाको दृष्यः ओरेन्ज ज्याकेट, अनुहारमा मन्द मुस्कान !

मंसिर १९, २०७६
प्रधानमन्त्री ओली निवास फर्किंदाको दृष्यः ओरेन्ज ज्याकेट, अनुहारमा मन्द मुस्कान !

दश दिन लामो अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार अपराह्न निवास फर्किएका छन् ।

पेट दुखेपछि मंसिर १० गते बिहान अस्पताल भर्ना भएका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

अस्पतालले डिस्चार्ज गरेपछि प्रधामनन्त्री ओली आत्मविश्वासका साथ मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका हुन् ।

ओरेन्ज कलरको ज्याकेट लगाएर अस्पतालबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए–‘पूर्ण रूपमा स्वस्थ भएर अस्पतालबाट घर फर्किंदैछु ।’

तस्वीर सौजन्य : गोरखापत्र

त्रिवि शिक्षण अस्पताल परिसर महराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अघिल्लो मंगलवार बिहान ओलीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो ।

शुरूको दिन इलेक्टिभ भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

अस्पतालमा रहँदा ओलीको मिर्गौलाको डायलासिस समेत गरिएको थियो ।

ओलीको आत्मविश्वासको चिकित्सकहरूले प्रसंशा समेत गरेका थिए ।

मिर्गौला प्रत्यारोपणको चर्चा चलिरहेको समयमा एक्कासि एपेन्डिक्सको शल्यक्रिया गर्नुपरेका कारण मिर्गौला प्रत्यारोपणको समय भने केही पछि धकेलिने भएको छ ।

शल्यक्रिया गरेका बिरामीले कम्तिमा ३ महिना प्रत्यारोपण गर्न नमिल्ने चिकित्सकहरू बताउँछन् ।

ओलीलाई डिस्चार्ज गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा केही दिन आराम गर्नुपर्ने भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

डिस्चार्ज हुनुपूर्व प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार पनि अस्पतालमा भेटेकी थिइन् ।

गत बिहीवार पनि भण्डारीले अस्पताल पुगेरै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थावारे जानकारी लिएकी थिइन् ।

अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीले थप केही दिन आराम गर्नुपर्ने भएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा केहीदिन आराम गर्नुपर्ने उल्लेख छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले डेढ आराम गर्नुैपर्ने बताएका छन् । धनगढी पुगेका प्रचण्डले बिहीवार उक्त कुरा बताएका हुन् ।

ओली अस्पतालमा रहेको समयमा बुधवार नेकपा सचिवाल बैठक समेत बसेको थियो । प्रधानमन्त्रीको अस्वस्थताका कारण नेपाल सरकारको नियमित मन्त्रिपरिषद् बैठक पनि बस्न सकेको छैन । 

अस्पताल रहँदा स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि सोमवार ओलीले अस्पतालबाटै भिडियो सन्देश समेत जारी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्