
मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्नकार्यदल गठन भएको छ।
सरकारले मेडिकल कलेजको शुल्क निर्धारण गरेपनि कार्यान्वयन नभइरहेका बेला चिकित्सा शिक्षा आयोगले यसअघिको सहमतिको छानबिन गर्न पाँच सदस्यीय कार्यदल बनाएको हो।
आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलले शैक्षिक सत्र २०७२÷७३ र ०७३÷७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिनेछ।
सरकारले यही मंसिर १० गते सरकारले तोेकेबमोजिमको शुल्क लागू गराउने सहमति गरेको थियो।
तर, सबै विद्यार्थीहरुलाई नसमेटिकन सहमति गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् । शुल्क विरोधको विषयमा विद्यार्थीहरुले बुधबारदेखि सुरु भएको प्रथम वर्षको परीक्षा बहिस्कार गरेका थिए।