भारतीय रेलमन्त्री पीयूष गोयलको एक तस्वीर सामाविक सञ्जालमा भाइरल भइरहेको छ ।
क्याबिनेट बैठक सकाएर उनी संसद बैठकमा सहभागी हुनका लागि उनी हतारहतारमा दौडिएपछि उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो ।
बुधवार गोयलको यो तस्वीर सार्वजनिक भएपछि ट्वीटर प्रयोगकर्ताहरूले उनको कामको प्रशंसा समेत गरेका छन् ।
खबरका अनुसार, गोयल संसदको प्रश्नोत्तरको समयमा समयमै पुग्न दौडिएका हुन् ।