
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समार्फत नेपालले स्वर्णको संख्या थप गरेको छ ।
शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपालका गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन् ।
उनले ५ हजार मिटर दुरी १४ मिनेट ५४.२ सेकेन्डमा पूरा गरे ।
पार्कीको स्वर्णसँगै नेपालले स्वर्णको संख्या ३७ पुर्याएको छ ।