२३ असार २०८३, मंगलबार

शनिवार काठमाडौंका यी रूटमा गाडी चलाउन नपाइने

मंसिर २०, २०७६
शनिवार काठमाडौंका यी रूटमा गाडी चलाउन नपाइने

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर २१ गते अर्थात् शनिवार उपत्यकाका केही  रूटमा सवारी नचलाउन अनुरोध गरेको छ । 

शुक्रवार ट्राफिक प्रहरी महाशाखाले  एक सूचना जारी गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथुन दौड प्रतियोगिता दशरथ रंगशालाबाट हुने भएकाले दौड हुने क्षेत्रमा सवारी नचलाउन अनुरोध गरेको हो । 

म्याराथुन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भइ टेकु, कालिमाटी, कलंकी, बल्खु, सातोबाटो, कोटेश्वर, गठ्ठाघर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुन सल्लाघारी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तर ढोका, रानीपोखरी, जयनेपाल, संग्रहालय दक्षिण गेट, घण्टाघर, भद्रकाली, नागस्थान हुँदै दशरथ रंगशालासम्म सञ्चालन हुने हुने भएकाले यी-यी स्थानमा बिहान ७ बजेदेखि ११ बजेसम्म सवारी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्