२४ जेठ २०८३, आइतबार

रारा तालमा टेलिकमको फोरजी सेवा

मंसिर २०, २०७६
रारा तालमा टेलिकमको फोरजी सेवा

नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ ।

नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीवारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताए ।

नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित ४ जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले द्रूतगतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा २ टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनीयर क्षेत्रीले जानकारी दिए ।

टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो । उनका अनुसार १ हजार ८०० मेगाहर्जमा फोरजी सेवा शुरू गरिएको छ । 

‘रारा आउने पर्यटकलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौं,’ पोखरेलले भने, ‘यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।’

फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका वासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्