२१ जेठ २०८३, बिहीबार

निजगढ विमानस्थलको काम तत्कालका लागि अघि नबढाउन सर्वोच्चको आदेश

मंसिर २०, २०७६
निजगढ विमानस्थलको काम तत्कालका लागि अघि नबढाउन सर्वोच्चको आदेश

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्कालका लागि विमानस्थल निर्माणको काम अघि नबढाउन आदेश दिँदै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।

पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, रञ्जुहजुर पाँडे क्षेत्रीलगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चबाट 'स्टे अर्डर' जारी भएको हो ।

रिटमा निजगढ क्षेत्रको वन पर्यटन मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी भएको मन्त्रिपरिषद्को निर्णय खारेजी र वन्यजन्तुको बासस्थान हराउने तथा मरभूमिकरण हुनेगरी रुख कटान रोक्न माग गरिएको छ ।

त्यस क्षेत्रमा रहेका ४/५०० वर्षभन्दा पुराना रुखहरूलाई विनास गर्ने निर्णय अमान्य घोषित गर्न रिटमा माग गरिएको छ ।

'नेपाल सरकारले निजगढ विमानस्थलका लागि ४००/५०० वर्ष भन्दा पुराना रुखहरू समेत रहेको जंगललाई विनाश गर्ने, सो क्षेत्रका रुख काट्ने र वन क्षेत्रलाई क्रंक्रिट क्षेत्रमा परिणत गर्ने गरी गरेको निर्णय तत्काल अमान्य र बदर घोषित गर्नका लागि जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ,' रिट निवेदनमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्