३१ असार २०८३, बुधबार

कालापानीबारे फेरि बोले देउवा, भने– अंग्रेजको नक्सामा समेत त्यही छ

मंसिर २०, २०७६
कालापानीबारे फेरि बोले देउवा, भने– अंग्रेजको नक्सामा समेत त्यही छ
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली पूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले काली पूर्वको कालापानीसहितको भूभाग नेपालको भएको बताए।

महाकाली सन्धिमा समेत स्पष्टरूपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उनले यसको पूर्वको भूभाग नेपालको भएकोे बताए ।

भारतले काली नदी र नेपालले महाकाली भन्ने गरिएको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उनले बताए ।

सभापति देउवाले अंग्रेजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी नदी भन्ने गरेको नदीनै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको बताए । 

सभापति देउवाले भारतले नक्सा छापेर कालीपानी आफ्नो भनेकोमा यसको विरोध सरकारले कडा रूपमा गर्नुपर्ने बताए ।

उनले आफूहरू सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भएपनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाए ।

प्रेस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उनले भने, “यसकारण प्रेस स्वतन्त्रता हुनुपर्छ ।” उनले प्रेसमाथि हुने हमला भनेको प्रजातन्त्र माथिको हमला भएको समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्