२२ जेठ २०८३, शुक्रबार

एसपी र डीएसपीपछि ८ इन्सपेक्टरको पनि काज सरुवा, (सूचीसहित)

मंसिर २१, २०७६
एसपी र डीएसपीपछि  ८ इन्सपेक्टरको पनि काज सरुवा, (सूचीसहित)

नेपाल प्रहरीका ८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यकाका ३ वटा वृत्त र एक प्रभाग तथा  केही जिल्ला, इलाकाका इन्सपेक्टरको काज सरुवा गरेको हो।

सरुवा सूचीअनुसार इन्सेपक्टर दामोदर सिलवाल महानगरी प्रहरी महाशाखा रामशाहपथमा आएका छन् ।  महानगरीय प्रहरी प्रभाग बलम्वुमा खेमराज रावतको सरुवा भएकोमा निरञ्जन भभट्राई प्रहरी प्रधान कार्यालय अभिलेख तथा जाहेरी शाखा नक्सालमा पुगेका छन्।

यसैगरी, जिल्ला ट्राफिक कार्यालय बनेपा काभ्रेमा विशाल तामाङ इलाका प्रहरी कार्यालय बनेपामा योगेन्द्र तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय रोल्पामा शंकर खड्का, ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा फलवहादुर तामाङ र जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुमा  महेन्द्र दर्नालको सरुवा भएको छ।

salt training

कमेन्ट गर्नुहोस्