
मोबाइल, आजको २१औँ शताव्दीमा विलाशिता रहेन । बरू अतिआवश्यकमध्ये पर्न जान्छ।
मोबाइल फोन मानवको अहम हिस्सा बनिसकेको छ। यस्तैमा धेरैको चासोको विषय बन्न सक्छ, विश्वका शक्तिशाली नेताहरूमध्येका एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गर्ने स्मार्टफोन कस्तो होला? उनी हरेक पलको घटनाबारे जानकारी लिन कुन स्मार्टफोनको प्रयोग गर्छन् होला?
मोदी ग्याजेट प्रेमी हुन्। उनी एप्पलको डिवाइसेजको प्रयोग गर्ने गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मोदी सन् २०१८ मा चीन र दुबई भ्रमणमा गएका थिए। त्यतिखेर उनी आइफोन ६ सिरिजको फोन प्रयोग गर्थे।
मोदीलेले सुरक्षाको कारण भन्दै एप्पलको सर्वश्रेष्ठ डिवाइसको प्रयोग गर्न थालेका हुन्। मोदीको ट्वीटरमा ४.८२ करोड फलोर्स छन्।