
कुस्तीबाज संगीता धामीले जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकुद (साग) स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन्।
१९ वर्षीया धामीले साग अन्तर्गतको कुस्ती खेलमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन्।
उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराएकी हुन्। धामीले स्वर्ण दिलाउँदा उनले खुसीको आँसु थाम्न सकिनन्।
स्वर्ण जितेसँगै निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।
संगीताका खुशीका आँशु झारेर नै रुन थालेपछि प्रशिक्षक र सहयोगीले सम्हालेका थिए। यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो।