२४ जेठ २०८३, आइतबार

४ महिलासहित बक्सिङका ६ खेलाडी फाइनलमा

मंसिर २१, २०७६
४ महिलासहित बक्सिङका ६ खेलाडी फाइनलमा

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत बक्सिङतर्फ नेपालका ४ महिला र २ पुरुष खेलाडी फाइनल प्रवेश गरेका छन्। 

सातदोबाटोमा शनिबार भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो तौल समूहमा सङ्गीता सुनार र ६४ किलो तौल समूहमा पुनम रावल फाइनलमा प्रवेश गरेका हुन्।

ललिताले श्रीलङ्काका नादिका पुष्प रनासिङ्घे अर्चचिघेलाई अङ्कका आधारमा हराइन्। 

यस्तै मिनुले बङ्गलादेशका ओनिता इस्लामलाई अङ्ककै आधारमा पराजित गरिन्। सङ्गीताले पनि श्रीलङ्काकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अङ्ककै आधारमा हराएकी हुन्।

पुनम बाई पाएर सोझै फाइनल पुगिन्।
यस्तै पुरुष ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर बङ्गलादेशका मोहमद अलामिनलाई अङ्कका आधारमा हराउँदै फाइनल पुगे।

पुरुष ९१ किलो तौल समूहमा आशिष दुवाडी बाई पाएर सोझै फाइनल प्रवेश गरे। शनिबार सम्पन्न खेलमा पुरन राई र सुशील थापामगरले कास्य पदक पक्का गरे।  पुरुष ४९ किलो तौल समूहमा थापामगर भारतका विनोद तनवरसँग अङ्कका आधारमा पराजित भए।

यस्तै ५६ किलो तौल समूहमा राई सेमिफाइनलमा बङ्गलादेशका मोहमद रोविन मियासँंग पराजित भए। 

salt training

कमेन्ट गर्नुहोस्