
ट्रकको ठक्करबाट एक स्कुले विद्यार्थी गम्भीर घाइते भएपछि भएको प्रदर्शन निन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर क्षेत्रमा अनिश्चितकालlन कर्फ्यू जारी गरेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको लोकान्तरलाई जानकारी दिए ।
आइतवार बिहान स्कूल जाने क्रममा स्थानीय १२ वर्षे बालिकालाई ट्रकले किचेको थियो । घटनापछि दिनभर कोहलपुर क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयले एक दर्जन गाडीमा तोडफोड गरेका छन् ।
दोषीमाथि कारवाहीको माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।
स्थानीय र प्रहरीबीच भएको झडपमा १५ जना घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।