
डिस मिडिया नेटवर्क लि.ले सदस्यता शुल्कको समयावधि थप गरेको छ ।
डिस होमले सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिनसम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पुर्याएको हो ।
यसका साथै ग्राहकले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्ने डिस होमले जनाएको छ । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहररूले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ ।
यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुने तथा यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले जनाएको छ ।
डिसहोम क्रेडिट सर्भिस डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।