१४ असार २०८३, आइतबार

ओलीले अमेरिकी राजदूतलाई भनेः नेपालको आन्तरिक विषयमा अनावश्यक चासो नलिनुस्

कात्तिक २०, २०७४
ओलीले अमेरिकी राजदूतलाई भनेः नेपालको आन्तरिक विषयमा अनावश्यक चासो नलिनुस्
काठमाडौं, पुस ५– अमेरिकी राजदुत अलाईना बी टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेकी छन् ।

मंगलबार बिहान भएको भेटमा उनले संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो व्यक्त गर्नुका साथै संसद अवरुद्ध भइरहेको तर्फ अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराइन् ।

भेटमा ओलीले संविधान संशोधन प्रस्ताव जनता र राष्ट्रको हित विपरित आएकाले विरोध गर्नुपरेको बताएका थिए ।

भेटपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार अमेरिकी राजदूतले संविधान संशोधन प्रस्तावको विरोध गर्नुको कारणबारे चासो व्यक्त गरेकी थिइन् ।

एमाले अध्यक्ष ओलीले भने नेपालको आन्तरिक विषय भएकाले यसमा अनावश्यक चासो नलिन आग्रह गरे । ओलीले राजदूतलाई नेपालीहरुले नै मिलेर समाधान गर्न समक्ष रहेको जवाफ दिएको नेम्वाङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्