१० साउन २०८३, आइतबार

बिहे भएको वर्ष दिन नबित्दै कमेडियन कपिल बने छोरीको बाबु

मंसिर २४, २०७६
बिहे भएको वर्ष दिन नबित्दै कमेडियन कपिल बने छोरीको बाबु

चर्चित कमेडियन कपिल शर्मा बाबु बनेका छन् ।

उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।

कपिलले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्ना शुभचिन्तकलाई खुशीको खबर बाँडेका हुन् ।

छोरीको बाबु बनेपछि उनलाई बधाईको ओइरो लागेको छ ।

कपिलले मंगलवार बिहान ५ बजे ट्विट गरेका छन्, 'छोरीको जन्म भएको छ । आशिर्वाद दिनुस् । जय माता दी ।'

कपिल र गिन्नीको बिहे गत साल हिन्दू रितिरवाजअनुसार १२ डिसेम्बरमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्