०२ असार २०८३, मंगलबार

करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

मंसिर २५, २०७६
करणी प्रयासको आरोपमा वडाध्यक्ष  पक्राउ

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले बुधवार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास  गरेको आरोपमा पक्राउ  गरिएको  प्रहरी नायब  उपरीक्षक तिलक  भारतीले बताए।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधवार बिहान साहलाई  पक्राउ गरिएको  हो । 

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको  प्रहरीले  जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्