×

NMB BANK
NIC ASIA

परनिर्भरतामा लोपोन्मुख समुदाय

मस्टो पूजाका लागि खसी माग्न सुर्खेत झरे राउटे, कुर्दै उपप्रधानमन्त्री पोखरेलको उपहार

मंसिर २५, २०७६

NTC
Premier Steels

यही मंसिर २८ गते परेको मस्टो पूजाका लागि खसी र चामल खोज्दै राउटेहरू कर्णाली प्रदेशको राजधानी सुर्खेत झरेका छन् ।

Muktinath Bank

दैलेखकाे गुराँस गाउँपालिकाबाट ३ जना राउटे युवा खसी र चामल जोहो गर्न प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर आइपुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो सबैभन्दा ठूलो पर्व मंसिर २८ गते परेको छ, त्यसका लागि हामीलाई रकम अभाव भयो,’ राउटे हरिबहादुर शाहीले  भने, ‘मंसिर महिनाको भत्ता पाइएपनि त्यो पैसाले हामीलाई नपुग्ने भयो ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार ४६ वटा खसी चाहिएको छ । ४६ परिवार राउटेलाई मस्टो पूजामा प्रतिपरिवार एउटा खसी काट्नै पर्ने प्रचलन रहेको उनी बताउँछन् ।

Vianet communication

शाहीका अनुसार राउटे समुदायमा पूजाका लागि बोका नै चाहिने बाध्यता छैन, खसी वा बाख्रा भएपनि हुन्छ ।

शुरूमा उनीहरू गुराँस गाउँपालिका पुगेका थिए, तर स्थानीय सरकारले आफूहरूसँग बजेट नभएकाले केही गर्न नसकिने जवाफ दियो । 

केन्द्रबाट खसी आउने आश्वासन पाएपनि अहिलेसम्म नपठाइएको उनीहरूको गुनासो छ ।

‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाइदिन्छु भन्नुभएको थियो, आजसम्म आइपुगेको छैन,’ अर्का राउटे युवा प्रकाशबहादुर शाहीले भने, ‘यो पालिको पूजा खल्लो हुन्छ कि भन्ने मनमा लागेको छ ।’

जंगलमा पहिलाजस्तो जीवजन्तु पाइन छाडेकाले खसीको माग गरेको उनको भनाइ छ ।

‘पहिलेजस्तो बाँदरहरू जंगलमा पाइँदैन,’ उनले भने, ‘खसी काट्नुको विकल्प रहेन ।’

प्रदेश सरकारले रित्तो हात नपठाउने आशा उनीहरूको छ ।

‘संघ–संस्था र सरकारसँग हामी पैसा माग्न आएका हौं,’ उनले भने, ‘गुराँस गाउँपालिकाले केही दिन नसक्ने भनेका कारण प्रदेश सरकारसँग माग्न आएका हौं । प्रदेश सरकारले रित्तो हात नपठाउला कि !'

उता गुराँस गाउँपालिकाका अध्यक्ष खेमबहादुर वली भत्ताबाहेक अन्य खर्च दिने स्रोत आफूहरूसँग नभएकाे बताउँछन् ।

‘हामीसँग उहाँहरूलाई दिने अन्य स्रोत केही पनि छैन,’ उनले भने, ‘यो पालि उहाँहरूलाई अन्य सहयोग गर्न सक्ने अवस्था गाउँपालिकासँग छैन ।’

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले उनीहरूको मागलाई सकेसम्म सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

‘कोही पनि भोको नहुन् भन्ने हाम्रो उद्देश्य हो,’ मन्त्री रावलले भने, ‘यदि उहाँहरूसँग चामल नै नभएको अवस्था हो भने सरकारले आवश्यकताअनुसार सहयोग गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x