०८ साउन २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा ट्विटरबाट खेलाडीलाई बधाई

मंसिर २५, २०७६
राष्ट्रपति भण्डारीद्वारा ट्विटरबाट खेलाडीलाई बधाई
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपतिले बुधवार अपराह्न ट्विट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नुभएको छ ।

उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

राष्ट्रपतिले प्रतियोगिताबाट दक्षिण एसियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसूस आफूले गरेको पनि बताउनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्