
मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टोलीको टुंगो लागेको छ ।
सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टीमको टुंगो लागेको हो ।
कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेट किपर), खड्क बोहरा, अरुण ऐरी, आकाश चन्द, शेर मल्ल, दीपक बोहरा, किरणकुमार ठगुन्ना, गजेन्द्र बोहरा, सुशील खड्का, विकास आग्री, विक्रम ठगुन्ना र महेश अधिकारी रहेका छन् ।
वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, भोजराज भट्ट, अमन पन्थी र नरेश बोहरा रहेको नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।
एमएम कप खेल्न जाने सुदूरपश्चिमको टोलीमा वैकल्पिकसहित बैतडीका ४ खेलाडी परेका छन् । खड्क, दीपक र गजेन्द्र अन्तिम १४ मा परेका छन् भने वीरेन्द्र वैकल्पिक खेलाडीका रुपमा टीममा परेका हुन् ।
आगामी पुस १५ गतेदखि सुनसरीको इनरुवामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल), आयोजक, मलेसियाको राष्ट्रिय टोली र सातै प्रदेशका गरी १२ टोली सहभागी हुने भएका छन् ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।