३० असार २०८३, मंगलबार

१६ वर्षीया जलवायु परिवर्तन अभियन्ता ग्रेटा बनिन् टाइमको वर्ष व्यक्ति

मंसिर २५, २०७६
१६ वर्षीया जलवायु परिवर्तन अभियन्ता ग्रेटा बनिन् टाइमको वर्ष व्यक्ति

१६ वर्षीया स्विडिस किशोरी ग्रेटा थनवर्ग टाइम पत्रिकाको वर्ष व्यक्ति बनेकी छिन्।
 
जलवायु परिवर्तन अभियन्ता ग्रेटा पछिल्लो पटक जलवायु परिवर्तन र यसका असरबारे विश्वमा आवाज उठाउँदै आएकी छिन्।

उनले ‘फ्राइडे फर फ्युचर’ अभियान आफ्नै देश स्वीडेनबाट सुरु गरेकी थिइन्। ग्रेटाले उक्त अभियान सन् २०१८ स्वीडेनको संसद भवनको प्रांगणबाट सुरु गरेकी थिइन्।

त्यतिबेला उनले विद्यालय जान छोडिदिइन् र हातमा लठ्ठी लिएर धर्ना दिन थालिन्। उनको नारा हुन्थ्यो, जलवायुका लागि विद्यालय हड्ताल अर्थात् ‘स्कुल स्ट्राइक फर द क्लाइमेट’। टाइमले आफ्नो इतिहासमै पहिलो पटक सबैभन्दा कम उमेरको 
 व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गरेको उल्लेख गरेको छ।  टाइमले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्