२२ असार २०८३, सोमबार

पन्छीको पिठ्यूमा यस्तो संकास्पद बस्तु भेटिएपछि...

मंसिर २५, २०७६
पन्छीको पिठ्यूमा यस्तो संकास्पद बस्तु भेटिएपछि...

भारतको एउटा गाउँमा संकास्पद पन्छी बरामद गरिएको छ। 

त्यो पन्छीको पखेडाको माथि पिठ्यूमा क्यामेरा भेटिएपछि स्थानीय प्रहरी र वन विभागका अधिकारीहरू अनुसन्धानमा जुटेका छन्। यो घटना, बिहार राज्यको शिवहर जिल्लाको हो।

प्रहरी अधिकारीले पत्रकारलाई भनेका छन्, ‘बरामद गरिएको पन्छी बाजझैँ उडिरहेको थियो। चिकनौटा गाउँमा यस पन्छीलाई देखेर अन्य पन्छी कराइरहेका थिए। त्यतिखेर स्थानीयले थाहा पाए।’ 

पन्छी भूइँमा आएपछि उसको शरीरममा संकास्पद बस्तु देखियो। र, स्थानीयले उक्त पन्छीलाई समातेर प्रहरीलाई बुझाए। नगर थानाका प्रभारी सुदामा रायका अनुसार संकास्पद पन्छीको पिठ्यूमा क्यामेरा बाँधेको थियो। -एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्