३० जेठ २०८३, शनिबार

फोटो शेयर गर्दै सुष्मिताले भनिन् – म तपाईहरूलाई असाध्यै माया गर्छु

मंसिर २६, २०७६
फोटो शेयर गर्दै सुष्मिताले भनिन् – म तपाईहरूलाई असाध्यै माया गर्छु

बलिउड अभिनेत्री सुष्मिता सेन १० वर्षपछि फिल्म उद्योगमा फर्कने भएकी छन् ।

उनलाई पछिल्लो पटक सन् २०१० मा फिल्म ‘नो प्रोब्लम’ मा देखिएको थियो । फिल्मबाट टाढा भएपनि उनी सोसल मिडियामा आफ्ना फ्यानसँग सम्पर्कमा थिइन्  । 

सुष्मिताले सोसल मिडियामार्फत फिल्म उद्योगमा फर्कन लागेको जानकारी गराएकी हुन् । उनले इन्स्टाग्राममा फोटो शेयर गर्दै लेखेकी छन्,  छन्, ‘म सधैं फ्यानको प्रेममा रहें । मेरो कमब्याकका लागि १० वर्ष लाग्यो । म केवल तपाईंहरूका लागि उद्योगमा फर्कन लागेकी हुँ । म तपाईंहरूलाई असाध्यै माया गर्छु ।’

सुष्मिताको यो घोषणाबाट उनका फ्यान उत्साहित भएका छन् । तर उनले कुन फिल्मबाट कमब्याक गर्न लागेको भन्नेचाहिं खुलाएकी छैनन् । उनी आगामी वर्ष स्क्रिनमा देखिने अनुमान लगाइएको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्