२६ जेठ २०८३, मंगलबार

सशस्त्र प्रहरीद्वारा ११ किलो चरेश बरामद

मंसिर २६, २०७६
सशस्त्र प्रहरीद्वारा ११ किलो चरेश बरामद

पर्सामा सशस्त्र प्रहरी बलको टोलीले लागूऔषध चरेश ११ किलो बरामद गरेको छ ।

पर्सा जिल्लाको जगरनाथ गाउँपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट मंसीर आज (बिहिवार) सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले करीव ११ केजी चरेश बरामद गरेको हो ।

बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै  चरेश तथा मोटरसाईकल छाडी फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्