२४ असार २०८३, बुधबार

पत्रकार महासङ्घको रु १५ लाखको कल्याणकारी अक्षयकोष

मंसिर २६, २०७६
पत्रकार महासङ्घको रु १५ लाखको कल्याणकारी अक्षयकोष

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु १५ लाख बराबरको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गर्ने भएको छ ।

जात्रैजात्रा फिल्मको च्यारिटी शोको टिकट बिक्री र दाताको सहयोगमा रु १० लाख सङ्कलन गरिएको र थप रकम जुटाएर रु १५ लाखको अक्षयकोष खडा गरिने शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।

सो रकमलाई मूल धन खर्च नगर्ने गरी बैंकमा जम्मा गरिनेछ । त्यसबाट प्राप्त ब्याजलाई पत्रकार आपत्, विपद् र दुःखमा पर्दा सहयोग गरिने उनले जानकारी दिए ।

दुःखमा परेका पत्रकारलाई संस्थागत अभिभावकत्व महसुस गराउन र दुःख, बिमार हुँदा सार्वजनिक रुपमा सहयोग जुटाउँदै हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि महासङ्घले यो कोष खडा गरेको खतिवडाले बताए ।

उनका अनुसार कोषलाई व्यवस्थित रुपमा सञ्चालनका लागि पत्रकार कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिने र सोही कार्यविधिअनुसार पत्रकार महासङ्घले आगामी दिनमा सहयोग गर्नेछ ।

शाखामा २ सय ३७ सदस्य छन् । स्थानीय सञ्चारमाध्यम बढ्दै गएको र राजधानीबाट सञ्चालन हुने ठूला सञ्चार गृहहरुको कार्यालय तथा संवाददाता यस जिल्लामा भएकाले पत्रकारका सङ्ख्या बढ्दै गएको छ ।

जिल्लामा २१ एफएम रेडियो, ६ दैनिक, १३ साप्ताहिक पत्रिका, चार टेलिभिजन, ११ वटा अनलाइन सञ्चालनमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्