खेलमा उपलब्धिका कारण आज भारतीय युवाले छाप छाडेका छन्। त्यसैमा एक हुन्, पूजा बिश्नोई।
८ वर्षीया पूजा बिश्नोई युवा एथलिटिक्सको लिस्टमा समावेश भएकी छिन्। पूजा जोधपुर एक गाउँमा छिन्। उनले अन्डर १० उमेर समूहमा १२.५० मिनटमा ३ किमी दूरी पार गरेर कीर्तिमान कायम गरेकी छिन्।
अब उनको इच्छा छ २०२४ को खेलमा ओलम्पिक च्याम्पियन बन्न। अहिले पूजालाई भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली फाउन्डेशनसहितबाट सहयोग भइरहेको छ।
फाउन्डेशन यात्रा, पोषण, प्रशिक्षण आदिका लगि दैनिक खर्च उपलब्ध गराइरहेकोछ । उनी आफ्ना मामा र कोच श्रवण बुन्डियालाई प्रेरणा मान्छिन्।

८ वर्षकै उमेरमा उनले सिक्स प्याक बडी बनाएकी छिन्। उनले ४ वर्षदेखि नै प्रशिक्षण लिएकी हुन्। उनी हरेक दिन बिहानै उठेर प्राक्टिस गर्छिन्। त्यसपछि उनी स्कूल जान्छिन्। स्कूलबाट फर्किएपछि उनी दौड्न जान्छिन्।
कोहलीले पूजाका बारेमा भनेका छन्, ‘ मिहिनेतबाट यहाँसम्म पुगेकी छिन्।