
उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिधि र उच्चपदस्थले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ ।
प्रशासनले काठमाडौंमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्याधिक बढेको जनकराज दाहालले जानकारी दिए ।
उजुरीसँगै काठमार्डौं प्रशासनले छानबिन थालेको छ । राजधानी दैनिकमा खबर छ ।