२१ जेठ २०८३, बिहीबार

कालापानीमा सुरक्षाकर्मी पठाउने गृहमन्त्री बादलको घोषणा

मंसिर २७, २०७६
कालापानीमा सुरक्षाकर्मी पठाउने गृहमन्त्री बादलको घोषणा

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले कालापानीमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी पठाउने बताएका छन् ।

शुक्रवार बसेको संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै बादलले नेपालको भूमि हुँदै कालापानी जान सक्ने स्थिति नभएकाले त्यहाँ बाटो बनाउने र सुरक्षाकर्मी पठाउने बताएका हुन् ।

'सीमा सुरक्षाको जिम्मा गृहमन्त्रालय मातहतको सशस्त्र सुरक्षा बलको हो,' उनले भने, 'कालापानीसम्म नेपालकै भूभाग भएर जाने बाटो बनाउनुपर्ने छ । त्यसका लागि हामीले सुरक्षाकर्मी पठाउँछौं ।'

बादलले सीमा सुरक्षा बढाउनका लागि थप ७० वटा बीओपी थप्ने सरकारले निर्णय गरेको बताए ।

बैठकपछि समितिले समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्