रुपन्देहीको तिलोत्तमामा १ जना महिलाको हत्या भएको छ ।
तिलोत्तमा नगरपालिका–१० कान्छी बजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीया विकास गुरुङले छुरा प्रहारी गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कान्छीबजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमला देवीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिए ।
गुरुङले प्रहार गरेको धारिलो हतियारबाट घाँटीमा गम्भीर चोट लागेकोमा उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भट्टराईले जानकारी दिए । घटनापछि भाग्दै गरेका गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरू गरेको प्रहरीले जानकारी दिएको छ ।
गुरूङलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।