
आगलागी भएको घर परिवारका लागि जुम्लामा राहत संकलन शुरु भएको छ ।
जुम्ला चन्दननाथ नगरपालिका–२ का गोविन्द भण्डारीको आगलागीबाट दुई करोड बराबरको घर जलेर नष्ट भएको थियो। घरको बीमासमेत नभएका कारण धेरै ठूलो क्षति व्यहोरेकाले अहिले घर धनी भण्डारी राहत माग्दै सरोकारवाला निकायसँग अपिल गरिरहेका छन् ।
भण्डारीको घरको ठूलो क्षति भएको भन्दै लाइन्स क्लबले ४० हजार सहयोग स्वरुप प्रदान गरेको छ। क्लबले चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको रोहवरमा प्रदान गरिएको अध्यक्ष गणेश रोकायाले जानकारी दिए उनका र धेरै नै क्षति भएर मन पोलेपछि सानो सहयोग प्रदान गरिएको हो ।
यसैगरी चन्दननाथ नगरपालिकाले रु ६० हजार राहत उपलब्ध गराएको छ । गत मङ्सिर ८ गते जलेर नष्ट भएको घर जिल्ला प्रहरी कार्यालयका अनुसार एक करोड ७३ लाख ३० हजार ५०० को धनमाल, घर तथा भौतिक पूर्वाधारमा क्षति भएको छ ।
भण्डारीको नगद दुई लाख ५० हजार र गरगहनासहित विभिन्न सामग्री तथा घर जलेर नष्ट भएको थियो। यति ठूलो क्षति हँुदा पनि सरकारी निकायबाट राहतको प्राथमिकतामा नपर्दा अहिले राहत सङ्कलन अभियान शुरु गरिएको छ। आधिकारिक ट्रेड युनियनले २० हजार सहयोग गरिएको अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए।
राहतका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेका भण्डारीलाई प्रतिष्ठानले व्यक्तिगतरुपमा राहत प्रदान गर्न अभियान थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
स्थानीय विपत् व्यवस्थापन समितिले आर्थिक अभावका कारण राहत दिन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए।