३० असार २०८३, मंगलबार

बैंकहरूलाई निशुल्क बिमाको प्रचार गर्न प्रतिबन्ध

मंसिर २९, २०७६
बैंकहरूलाई निशुल्क बिमाको प्रचार गर्न प्रतिबन्ध

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई खाता खोल्न आकर्षण गर्न निशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रूपमा प्रस्तुत भएको छ । 

बैंकहरूले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन् । तर निक्षेपकर्ताले दाबी नपाएको गुनासो गरेपछि समितिले निर्देशननै जारी गरेको हो । 

'बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीगितग मार्गदर्शन, २०७६' जारी गर्दै बिमा समितिले बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना निक्षेपकर्ताहरूको बिमा गर्दा सम्पूर्ण व्यक्तिगत विवरण बिमा कम्पनीहरूलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । 

यस्तै बिमकले विभिन्न संस्थासँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै निर्ने भएमा यसको बिमा प्रिमियम शुल्क 'संस्था स्वयंले तिर्नुपर्ने' भन्ने सूचना दिनुपर्ने छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्