
कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बस सिन्धुपाल्चोकको मुडेमा दुर्घटना भएको छ ।
भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धार कार्य भइरहेको छ । एक प्रहरी अधिकारीले भने, 'बस सडकबाट ५ सय मिटर तल खसेको हो । उद्धार कार्य भइरहेको छ । अहिलेसम्म पाँच जना घाइते भएका छन् । यति नै जनाको मृत्यु भएको भन्ने जानकारी आएको छैन ।'
दुर्घटनामा ठूलो संख्यामा हाताहाती भएको अनुमान गरिएको छ ।