०६ साउन २०८३, बुधबार

फ्रान्समा आँधी आउँदा दुई जनाको मृत्यु, हजारौं घर विद्युत्‌विहीन

मंसिर २९, २०७६
फ्रान्समा आँधी आउँदा दुई जनाको मृत्यु, हजारौं घर विद्युत्‌विहीन

फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौ घर विद्युत्‌विहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ । मृत्यु भएकामध्ये एकजना ७० वर्षका रहेका छन् । उनको बास्क्यु काउन्ट्र अन्तर्गतपर्ने प्यरेनीस एट्लान्टीकमा मृत्यु भएको हो । सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनलाई च्यापेको जनाइएको छ ।  

त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्यु भएको विवरण आएको छ । उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए । शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन् ।

उनीहरूका अनुसार अरू पाँच जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उद्धारकर्ताले उनीहरूलाई च्यापेको रुखबाट हटाएका छन् । घटनास्थलबाट उनीहरूलाई उद्धार गरेर उपचार गर्न लगिएको छ । 

शनिवार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरका विद्युत्‌ सेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत् सेवा कटौती भएको अधिकारीले जनाएका छन् । 
उपभोक्तलाई विद्युत् सेवा जतिसक्दो चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको एक प्रवक्ताले जानकारी दिएका छन् । 

विद्युत् सम्बन्धी कुनै समस्या भएमा तत्काल जानकारी गराउन सिधा सम्पर्क नं.को समेत व्यवस्था गरिएको अधिकारीले जनाएका छन् । प्रभावित क्षेत्रमा ९ मिटरसम्म पानी जमेको स्थानीय बासिन्दाले बताएका छन् । आँधीपछि कतिपय ठाउँमा बाढी र पहिरो पनि आएको छ । 

आँधी, बाढी र पहिरोका कारण ६०० भन्दा बढी विस्थापित भएका छन् । उनीहरूको  उद्धार भइरहेको पनि जनाइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्